प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गरेको छ l बास्कोटाले कमिशनको कुरा गर्दै ७० करोड माग गरेको अडियो रेकर्ड सार्वजनिक गरेसंगै कांग्रेसले उनलाई बर्खास्त गर्न माग गरेको हो l
कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारि गर्दै बास्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् l विज्ञप्तिमा बास्कोटालाई बर्खास्त गरी निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपि शर्मा ओलाई सार्वजनिक आग्रह समेत गरिएको छ l
विज्ञप्तिमा भनिएको छ 'सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए l तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ l'