टर्की र ग्रीक पठाईदिने भन्दे ठगी गर्ने पक्राउ परेका छन् । स्थायी घर मोरङको रतुवामाई नगरपालीका भई हाल काठमाण्डौको चुच्चेपाटीमा बस्दै आएका ५२ बर्षीय कमल प्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो ।
पोखरेलले वैदेशिक रोजगारको सिलसिलामा टर्कि र ग्रीस वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई ३२ जनालाई ठगेको आरोप छ । उनले ३२ जनाबाट ३९ लाख ५६ हजार रुपयाँ लिएर सम्पर्क विहीन भएको भन्दै गोपिराम पराजुलीले जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा पोख्रेललाई महाशाखाबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा विहीबार काठमाण्डौको टेकुबाट पक्राउ गरेको जनाएको छ ।
उनलाई आईतबार आवश्यक अनुसन्धान तथा कारवाहीको लागी वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।