पशुपतिनाथ मन्दिरमा एक पटकमा १० जनाले मात्रै दर्शन गर्न पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले पशुपतिनाथ मन्दिरमा एक पटकमा १० जनालाई प्रवेश गर्न दिने निर्णय गरेको हो । एक पटकमा २० जनालाई प्रवेश दिने र ती १० जनाले दर्शन सकेर बाहिरिएपछि मात्रै अरु १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय भएको कोषले जनाएको छ ।
कोषले मन्दिरमा गरिने विशेष पूजा अनिश्चितकालिन स्थगित गरेको छ । जलअभिषेक र बेलुकाको आरती पनि भक्तजन बिना नै हुने भएको छ ।
कोषले विद्युतीय शवदाह गृहमा ७ जनाभन्दा बढी मलामीलाई प्रवेश गर्न नदिने पनि निर्णय गरेको छ ।