आइतबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय यस्ता छन् (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2020 | 08:50:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार बसेका मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । आइतबार राती नै सरकारका प्रवक्तासमेत रहेका अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले लकडाउनको अवधि लम्याउनेदेखि विदेशबाट मदिरा आयातमा रोक लगाउनेसम्मका निर्णय भएको जानकारी दिएका हुन् ।

यस्ता छन् मुख्य निर्णयः

१) लकडाउनको अवधि ८ दिन थप गर्ने

२) निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन अनुरोध गर्ने

३) एक महिनाको घरभाडा छुट दि न घरेबेटीलाई अनुरोध गर्ने र उक्त महिनाको घरबहाल कर सरकारले मिनाहा गरिदिे

४) दैनिक ज्यालादारी गर्ने मजदुरलाई एक महिनाको तलब सम्बन्धित व्यवसायिक प्रतिष्ठानहरुले उपलब्ध गराउनुपर्ने

५) विदेशमा अध्यनरत विद्यार्थीका परिवारले पैसा पठाउन सक्ने व्यवस्था गर्ने

६) विदेशमा मदिरा आयातमा रोक लगाउने

७) सुनको आयतमा कटौती 

८) महङ्गो गाडी आयतमा रोक लगाउने

९) विद्युत महसुल र खाद्यान्नमा छुट 

१०) स्वास्थकर्मी र सुरक्षाकर्मीको २५ लाखको बीमा 

११) इन्टरनेटको शुल्क २५ प्रतिशत कम गर्ने

१२) अन्तराष्ट्रिय हवाई उडानमा रहँदै आएको स्थगित बैशाख ३ सम्म जारी राख्ने

१३) गर्भवती, अपांगता भएका व्यक्ति र आमा बुबा गुमाएका बालबच्चाको हेरचाह सरकारले गर्ने

१४) सामाजिक सुरक्षा कोष आवद्ध श्रमिकहरुको एक महिनाको शुल्क सरकारले बुझाईदिने

१५) विद्युत, यातायात र खानेपानीको शुल्क बुझाउन बिलम्ब भए जरिवाना नलिने

१६) निजी अस्पताल सूचारु अवस्थामा राख्ने, अस्पतालका लागि उपकरण खरिदमा भन्सार शुल्क मिनाहा गर्ने

१७) चैत्र मसान्तसम्म तिर्नुपर्ने बैंकको र ब्याज र साँवा असार मसान्तसम्म तिर्दा हुने

१८) विदेश जाने तयारीमा रहेका तर जान नपाएकाहरुलार्य र फर्केकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिने

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved