प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसका संक्रमित निको भएपछि खुशी भएका छन् । उनले आफ्नो खुशी सामाजिक सञ्जालमार्फत पनि साटेका छन् ।
शनिबार काठमाडौँकी प्रसिद्ध श्रेष्ठ र बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोनामुक्त भइ अस्पतालबाट घर फर्किएपछि प्रधानमन्त्रीले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् ।
६५ वर्षीय पौडेल डिस्चार्ज भएकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्, ‘दम र उच्च रक्तचापबाट पीडित भएपनि बेजोडको आत्मविश्वासका कारण उहाँसँग कोरोना समेत पराजित भएको छ ।’ प्रधानमन्त्रीले पौडेलको दीर्घायुको कामनासमेत गरेका छन् ।
शनिबार दिउँसो प्रसिद्धि निको भएर घर फर्किएको खुशीयालीमा पनि प्रधानमन्त्रीले ट्वीटरमार्फत खुशी साटेका छन् ।