राष्ट्रिय ब्यबसायीक पहल (एनबिआई) ले सरकारलाई ३० लाख बराबरको १ हजार थान पीपीईसेट सहितका मेडिकल सूरक्षा सामाग्री प्रदान गरेको छ । एनबिआईले आफ्नो संस्थाको पदाधिकारी तथा सदस्यहरु र शुभेच्छुक साधारण सदस्यबाट सहयोग संकलन गरी संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत ति सामाग्री प्रदान गरेको जनाएको छ ।
एनबिआईले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री माननीय लेखराज भट्ट मार्फत स्वास्थ्य मन्त्रालयलाई सामाग्री हस्तान्तरण गरेको हो । सो अवसरमा एनबिआईले उद्योग ब्यबसाय संचालन गर्ने पूर्व तयारी कार्य योजना तयार गरी प्रकाशनको चरणमा रहेको मन्त्री भट्टलाई जानकारी गराएको छ ।