रिद्दि सिद्दिले अदालतको अवहेलना मुद्दा दायर गरेपछि संघले भन्यो, ‘आदेश कार्यान्वयन भइसक्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 01:39:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रत्न तथा आभूषण संघले रिद्दि सिद्दि ज्वेलर्सका सम्बन्धमा अदालतले दिएको आदेश कार्यान्वयन भइसकेको अवस्थामा अदालतको अपहेलना मुद्दा दायर हुनु आश्चर्यको विषय भएको जनाएको छ । नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकारले रिद्दि सिद्दि ज्वेलर्सलाई संघको सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अदालतले दिएको आदेश संघले कार्यान्वयन गरिसकेको अवस्थामा अदालतको अपहेलना कसरी भयो भन्दै प्रश्नसमेत गरेका छन् ।

संघका अध्यक्ष ताम्राकारका अनुसार बैशाख १३ गते उच्च अदालतले रिद्दि सिद्दि ज्वेलर्सलाई संघको सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिए लगत्तै बैशाख १६ गते नै रिद्दि सिद्दि ज्वेलर्सलाई संघको सदस्यमा सूचिकृत गरिसकिएको छ । साथै, सोही दिन संघको आधिकारिक ह्वाट्स एप ग्रुपमा समेत रिद्दि सिद्दि ज्वेलर्सलाई समावेश गरिएको छ ।

संघ स्रोतले भने बैशाख १६ गते रिद्दि सिद्दि ज्वेलर्स (केदारनाथ गुप्ता)ले अदालतको आदेश अनुसार सदस्यतामा पुर्नसूचिकृतका लागि संघमा निवेदन दिएको र सोही दिन (अप्रिल २९ मा) संघबाट फोन गरेर ह्वाट्स एप ग्रुपमा कुन नम्बर राख्ने भनेर सोधेर रिद्दि सिद्दि ज्वेलर्सले उपलब्ध गराएको नम्बर आधिकारिक ग्रुपमा समावेश गरिएको जनाएको छ । स्रोतका अनुसार ९८४०२५३०....... नम्बर संघको ह्वाट्स एप ग्रुपमा जोडिएको छ ।

‘ह्वाट्स एप ग्रुप भनेको दैनिक मूल्य सूची उपलब्ध गराउनेदेखि संघको विषयमा छलफल गर्ने आधिकारिक ग्रुप हो, त्यसमा हामी आफैँले फोन गरेर कुन नम्बर राख्ने भनेर सोध्यौँ, उहाँहरुले उपलब्ध गराएको नम्बर बैशाख १६ गते नै समावेश गर्यौँ’ स्रोतले भन्यो, ‘त्यसपछि अदालतको आदेश अनुसार सदस्यतामा पुनः सूचिकृत गरायौँ । सुन वितरणका लागि चक्रिय प्रणालीमा समेत रिद्दि सिद्दि ज्वेलर्सलाई समावेश गरायौँ । र, यस बीचमा एक दुइ दिन अगाडी मात्रै हुलाकमार्फत अदालतको आदेश अनुसार सदस्यतामा सूचिकृत गराएको र चक्रिय प्रणालीमा कम्पनीलाई समावेश गराएको व्यहोरा सहितको पत्र पनि पठाएका छौँ ।’

संघका जिम्मेवार पदाधिकारीहरुले पनि अदालतको आदेशअनुसार सबै प्रक्रिया पूरा गरिसकेको अवस्थामा अदालतको अवहेलना सम्बन्धि मुद्दा दायर गरेर नरेन्द्र कुमार गुप्ताले मिडियाबाजी गरिरहेको बताएका छन् । 

‘हामीले सुरुमा ग्रुपमा जोड्यौँ, सदस्यता सूचीमा समावेश गर्यौँ, चक्रिय प्रणालीमा रिद्दि सिद्दि ज्वेलर्सलाई समावेश गर्यौँ’ स्रोत भन्छ, ‘यी सबै काम सँगसँगै पत्र पनि दिने तयारी गर्यौँ । आफैँ गएर हातमा पत्र थमाउँदा त्यति राम्रो नहुने देखेर हुलाकमार्फत पठाउन चाह्यौँ, यसले अलिकति ढिला भएको जस्तो देखियो । तर, प्रक्रियागत सबै काम भएको छ । अनि कसरी अदालतको अवहेलना हुन्छ ?’ 

साथै, अदालतले अहिले दिएको आदेश अनुसार रिद्दि सिद्दि ज्वेलर्सलाई गरिएको रद्द भइसकेको र मुद्दाको अन्तिम किनारा लाग्न बाँकी नै रहेकाले अदालतको अवहेलना गरियो भनेर मुद्दा दायर गर्ने र मिडियाबाजी गर्ने काम गलत भएको संघको भनाइ छ ।

उता, रिद्दि सिद्दि ज्वेलर्सको नामबाट अदालतले दिएको आदेश कार्यान्वयन नगरेको भन्दै संघ र संघका अध्यक्ष ताम्राकार विरुद्ध अपहेलना मुद्दा दायर भएको छ । 

संघले नरेन्द्र कुमार गुप्ताले विधान विपरितका गतिविधि गरेको भने पनि उनका बुबा केदारनाथ गुप्ताको नाममा रहेको कम्पनीलाई समेत कारबाही गरेको थियो । जसलाई अदालतले गलत ठहर्याइसकेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved