नेपालमा ९२.२ प्रतिशतले प्रयोग गर्छन् बिजुली, इन्डक्सनमा अनुदान दिए अझै बढ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 01:49:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा बिजुलीको प्रयोग गर्ने क्रम वर्षेनी बढ्दै गएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गत आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार कुल ६६ लाख ६० हजार ८४१ घर परिवार मध्ये अधिकांशले बत्ति बाल्न बिजुलीको प्रयोग गर्ने गरेका छन् ।

 सार्वजनिक प्रतिवेदन अनुसार मुलुकमा ९२.२ प्रतिशत अर्थात् ६१ लाख  ३९ हजार १४१ घरपरिवारले बिजुलीको प्रयोग गर्ने गरेका छन् । यसैगरी,६.६ प्रतिशत अर्थात् ४ लाख ३९ हजार २८२ घरपरिवारले सौर्य ऊर्जाको माध्यमबाट पनि बिजुलीको प्रयोग गर्ने गरेका छन्।

 त्यस्तै, ०.६ प्रतिशत घरपरिवार अझै पनि मट्टीतेलको साहरामा छन् । यस्तै, ०.०३ प्रतिशतले बायोग्यासको प्रयोग गर्ने गरेका छन् भने ०.६ प्रतिशतले अन्य विकल्पको प्रयोग गर्ने गरेका छन् । 

नेपाल विद्युत् प्राधिकरणले इन्डक्सन चुुल्होको प्रयोगलाई  बढावा दिन सकेमा विद्युत् खपत अझै बढ्ने सर्वसाधारणहरु बताउँछन् । विद्युत् प्राधिकरणले विद्युत् प्रयोग मात्र बढाऔं भनेर नपुग्ने उनीहरुको भनाइ छ । त्यसका लागि प्राधिकरणले व्यापक रुपमा ‘मार्केटिङ गर्नुपर्छ । 

एक तथ्यांक अनुसार दक्षिण एशियामा नेपालको प्रतिव्यक्ति विद्युत् खपत दर असाध्यै न्यून छ । भारतको प्रतिव्यक्ति खपत दर १ हजार किलोवाट घण्टा छ भने चीनको ५ हजार किलोवाट घण्टा छ । 

नेपालको करिब ३०० किलोवाट घण्टा पुगेको छ । यस आधारमा पनि बिजुलीको खपत बढाउन नेपालले अझै धेरै मेहनत गर्न आवश्यक छ ।

सरकारले देशभित्रै बिजुलीको खपत बढाउन खेतीयोग्य जमीनमा सिंचाइका लागि छुट्टै ग्रिड बनाउन र इन्डक्सन चुल्होमा अनुदान दिनु पर्ने देखिन्छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved