एसियाली विकास बैंक (एडिबि) ले नेपाललाई २५ करोड अमेरिकी डलर सहुलियत ऋण दिने भएको छ । बैंकले नेपाललाई ३० अर्ब २५ करोड नेपाली रुपैयाँ बराबरको ऋण दिने भएको हो ।
आज स्वीकृत भएको उक्त ऋण रकम कोरोना भाइरस संक्रमणसँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार तथा आर्थिक समाजिक प्रभाव न्यूनकीकरणका लागि खर्च गर्नु पर्ने छ ।