३ दिन देशभर पानी पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2020 | 09:23:59 AM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँ उपत्यकामा बिहानै वर्षा भएको छ ।

ती मौसमी प्रणाली अझै विकसित हुने क्रममै रहेकाले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताईन्। दिउँसो देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार देशको पूर्वी र पश्चिमी भूभागलगायत मध्य पहाडी भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही पहाडी भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम २८ दशमलव चार डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव पाँच डिग्री र सबैभन्दा बढी भैरहवा अधिकतम तापक्रम ५३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved