कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका व्यक्तिमा कोरोना देखिएको हो ।
मृतक युवाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ । शनिवार दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो । यससंगै कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
तीन दिन अघिनै उनको स्वाब अस्पतालमा पठाइएको भएपनि रिपोर्ट भने शनिबार दिउँसो मात्र आएको जनाइएको छ । उनी १० दिन अघिमात्र भारतको गुजरातबाट घर आएका थिए । उनीसंग ७९ जना साथीहरुपनि आएको जनाइएको छ ।
उनको मृत्युबारे स्वस्थ्य मन्त्रालयले आधिकारीक पुष्टि गर्न बाँकि छ ।