संसदमा कार्यरत मर्यादापालक र मन्त्रीका स्वकिय सचिवलाई नै कोरोना पुष्टि भएपछि प्रदेश २ को प्रदेश सभा बैठक स्थगित भएको छ । बिहिबार प्रदेश नम्बर २ को प्रदेशसभा कार्यरत ५ जना मर्यादापालक र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीका एकजना स्वकीय सचिव गरी ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।
उनीहरुको जेठ १६ मा स्वाब संकलन भएपनि आज बिहिबार मात्र रिपोर्ट आएको हो । बुधबार देखि प्रदेशसभाको चौथो अधिवेशन बैठक सुरु भएको छ । अधिवेशन अगाडी सुरक्षाकर्मी, कर्मचारी, मन्त्रीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यहरुको स्वाब संकलन गरिएको थियो । सांसदहरुको रिपोर्ट नेगेटिभ आएपछि बैठक सुचारु भएको थियो । सांसदहरुको रिपोर्ट पहिले नै आएको भए पनि मर्यादापालक र स्वकीय सचिवहरुको रिपोर्ट आज आएको हो ।
मर्यादापालकमा कोरोना देखिएपछि बैठक अनिश्चितकालको लागि स्थगित भएको छ ।