आज बिहिबार ४ सय बढीमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ४७३ जनामध्ये १०९ महिला र ३६४ जना पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म ५ हजार ३ सय २० जना डिस्चार्ज भएका छन् । बिहिबार मात्रै ६६४ जना डिस्चार्ज भएका छन् ।
हालसम्म कोरोनाका कारण ३१ जनाको मृत्यु भएको छ ।