डा. सूर्यराज आचार्य र मुमाराम खनाल साझा पार्टीबाट बिदा भएका छन् । पार्टी निर्माण प्रक्रियाबारे सहमति जुट्न नसकेपछि प्रवक्ता डा. आचार्य र केन्द्रीय सदस्य खनाल बिदा भएका हुन् ।
‘पार्टी कसरी बनाउने भन्नेमा नै फरक मत रह्यो’ एक नेताले भने, ‘उहाँहरुको प्रस्ताव पार्टीको संरचना भत्काएर संयोजक मात्र राखौं भन्ने थियो, तर एकीकरण, ध्रुवीकरण र पार्टी निर्माणको प्रस्ताव सचिवालय र केन्द्रीय कमिटीले पास गरेको छ ।’
डा. आचार्य र खनालले पार्टी संरचनामा नबस्ने बताएपछि आइतबार बसेको बैठकले अहिलेसम्म गरेको योगदानका लागि धन्यवाद दिने निर्णय गरेको छ ।