कर्णाली प्रदेशका एक जना सांसदमा कोरोना देखिएको छ। सोमबार पीसीआर परीक्षण गरिएकोमा ति सांसदको रिपोर्ट पोजिटिभ आएको हो। कोरोना संक्रमण पुष्टि भएका सांसदका सचिवालयका २ सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।
ती सांसदलाई अहिले आइसोलेसनमा राखिएको छ।
सांसदलाई कोरोना देखिएपछि प्रदेशसभाका सभामुख, मुख्यमन्त्रीसहित सबै मन्त्री र सांसदका साथै संसद सचिवालयका कर्मचारीहरुको स्वाब संकलन गरिने भएको छ।