सरकारले यातायात सवारी चालक अनुमति पत्र(लाइसेन्स) वितरण प्रक्रियालाई रोकेको छ । लाइसेन्स वितरण गर्ने यातायात व्यवस्था कार्यालयले मंगलबारबाट वितरण स्थगित गरेको हो ।
कार्यालयले एक विज्ञप्ति मार्फत लाइसेन्स वितरण स्थगित गरेको जनाएको छ । कार्यालयले कोरोनाको उच्च जोखिम रहेको र संक्रमण बढ्दै गइरहेकाले वितरण कार्य स्थगित गरिएको जनाएको छ ।
अर्को सूचना नआएसम्म लाइसेन्स वितरण कार्य सुचारू नहुने उक्त विज्ञप्तिमा उल्लेख छ ।