शुक्रबार थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १७ हजार ७७ जना संक्रमित उपचार पश्चात निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।