व्यवसायी मल्होत्राको उजुरीमा प्रेस काउन्सिलले माग्यो स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 05:10:49 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायी तथा उद्योगी दिपक मल्होत्राले आफ्नो मान मर्दन गर्ने उदेश्यले समाचार लेखिएको भन्दै दिएको उजुरीमा प्रेस काउन्सिलले स्पष्टिकरण मागेको छ। 

मानहानी हुनेगरि झुटो तथ्य पेश गरेर लेखिएको समाचारले आफ्नो व्यक्तिगत तथा व्यवसायिक जीवनमा नकारात्मक असर परेको  उल्लेख गर्दै मल्होत्राले काउन्सिलमा उजुरी दिएका थिए।  

हदैसम्मको कारवाहिको माग गरि मलहोत्राले दिएको उजुरीको सम्बोधन गर्दै काउन्सिलले नरेश श्रेष्ठ अध्यक्ष रहेको मिडियासँग स्पष्टिकरण माग गरेको छ। काउन्सिलले ७ दिनभित्र स्पष्टिकरण पेश गर्नलाई निर्देशन दिएको छ। 

यसअघि: पुराना मित्रबिरुद्द व्यवसायी मल्होत्रा प्रेस काउन्सिलमा, 'ब्ल्याकमेलिङ' को आरोप

मित्र समेत रहेका नरेश श्रेष्ठको लगानी रहेको मिडियाले बिज्ञापन नदिएको रिसमा गलत तथ्य राखेर समाचार लेखेको व्यवसायी मलहोत्राको दाबी छ।  आरोप प्रमाणित भए कारबाही भोग्न तयार भएको तर प्रमाणित गर्न नसके मान मर्दन हुने गरि समाचार लेख्नेलाई हदैसम्मको कारबाही होस् भन्दै मल्होत्राले काउन्सीलमा उजुरी दिएका थिए। 

नेपाल चेम्बर अफ कमर्शमा कुनै बेला संगै काम गरेका श्रेष्ठको लगानीको मिडियाले साउन ३० गते मल्होत्रा बिरुद्द समाचार लेखेको उजुरीमा उल्लेख छ। नरेश श्रेष्ठ मल्होत्राका पुराना मित्र समेत हुन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved