प्रधानमन्त्री सचिवालयका चार जनालाई कोरोना संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2020 | 06:21:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरसको संक्रमण भएको छ। प्रधानमन्त्रीका राजनीतिक राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण भएको छ। 

शुक्रबार स्वाब परिक्षण गर्दा सचिवालयका चार जनाको रिपोर्ट पोजेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन्। चालकदेखि सबैको स्वाव संकलन गरि परिक्षण गर्दा सचिवालयका चार जनामा कोभिड १९ पोजेटिभ देखिएको हो। 

त्यस्तै शुक्रबार पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएकाले आफुसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल राख्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले अनुरोध गरेका छन्। 

सचिवालयका चार जनामा कोरोना संक्रमण भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओलीको परिक्षण हुने बताइएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved