बुधबार १४ सय ४२ जनामा कोरोना पुष्टि भएको छ । ६ हजार ७३३ नमुना परीक्षण गर्दा १४ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख ८२ हजार ७८० जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ३५ सय ३८ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल २८ हजार ८७८ जना उपचाररत छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १२ सय ५९ पुगेको छ ।
यस्तै बुधबार काठमाडौँ उपत्याकामा १ हजार ३८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौँका ८२२, ललितपुरका १६८ र भक्तपुरका ४८ जना तहेका छन् ।