'ओलीलाई हटाएर विवादास्पद छवि नभएका नेतालाई प्रधानमन्त्री बनाउने तयारी'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2020 | 12:33:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा गराएर विवादास्पद छवि नभएका कुनै एक राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको खुलासा भएको छ। नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले ओलीलाई राजिनामा दिनको लागि दबाब दिन विवादास्पद छवि नभएका कुनै एक राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको खुलासा गरेका हुन्। 

त्यस्तै उनले नेतृत्वको साथ साथै संसद पुनर्स्थापना गर्न पनि ओलीमाथि दबाब बढाईएको बताएका छन्  । यसलाई ओलीले अस्विकार गर्ने र त्यसपछि के हुन्छ भन्नेबारे समयले मात्र बताउने बह्येको पर्खनु पर्ने उनले भनेका छन्।  भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा एक लेख लेख्दै उनले यस्तो बताएका हुन् । 

त्यस्तै उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा अमेरिकाको पनि हात रहेको हुनसक्ने अनुमान गरेका छन्। प्रचण्ड र माधव नेपाल समुहले अमेरिकाले अगाडी सारेको एमसीसी कार्यान्वयन गर्न नहुने अडान लिएपछि अशन्तुष्ट बनेको अमेरिकाले पनि खेल खेलेको हुन सक्ने उनको भनाई छ । 

त्यस्तै पछिल्लो घटनाक्रमबारे चीन पनि सक्रिय रुपमा देखिएकोले चीन र अमेरिकाबीच खेल चलिरहँदा भारत भने साइड सोमा सिमित हुने खतरा बढेको उनको भनाई छ ।  

उनले नेपालमा भारतको दीर्घकालीन चासो स्थीर बहुदलीय प्रजातन्त्र रहेको र त्यो आर्थिक समृद्धिबाट मात्र पूरा हुनेसमेत उल्लेख गरेका छन्। त्यसका लागि भारत एक महत्वपूर्ण साझेदार रहेको उनको भनाई छ। 

त्यस्तै उनले नेपालमा चीनको प्रभाव कम गर्नको लागि नेपाललाई राजसंस्था सहितको हिन्दू राष्ट्र बनाउने तर्फ पनि भारतीय चासो रहेको हुन सक्ने खुलासा गरेका छन्  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved