देशभर बाक्लो हुस्सु र कुहिरो, काठमाडौँबाट हुने हवाई उडान ठप्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 09:48:18 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंसहित तराईका सबैजसो जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ। विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा हुने सबै उडान रोकिएका छन्। विहान लुक्लाका लागि एउटा फ्लाइटबाहेक कुनै पनि उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ।

अन्तराष्ट्रिय उडानलाई भने भिजिविलटीको असर परेको छैन । 

अहिले देशका सबैजसो भेगमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगको मौसम बदली भएको छ।  काठमाडौं उपत्यकाको मौसम आज दिनभरी नै बदली रहने मौसा पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकाको आकाश आज आज दिनभर नै धुम्म हुने र केही स्थानमा हल्का वर्षासमेत हुने महाशाखाले जनाएको छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा आज दिउँसो हिमपात हुने अनुमान छ। यस्तै प्रदेश नम्बर एकका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र र पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभावका कारण आज देशभर मौसम बदली भई केहि स्थानमा हिमपात र वर्षा हुने महाशाखाको अनुमान छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved