४० वटा बुलेट बाइक बोकेको ट्रक त्रिशुलीमा खस्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 09:19:11 AM मा प्रकाशित

laxmi  sunrise bank

४० वटा बुलेट मोटरसाइकल बोकेको ट्रक त्रिशुली नदीमा खसेको छ। शनिबार साँझ करिब ५ः३० बजेको समयमा ४० वटा रोयल इन्फिल्ड मोटरसाइकल बोकेर काठमाडौँ आउँदै गरेको ट्रक त्रिशुलीमा खसेको हो।

टिएन २३ सीसी, ९०८२ नम्बरको भारतीय प्लेटको ट्रक शनिबार त्रिशुलीमा खसेको र चालक सामान्य घाइते भएको मुग्लिन प्रहरीले जनाएको छ । 

‘४० वटा बुलेट बाइक बोकेको गाडी खसेको हो, चालक सामान्य घाइते भएका छन्। उनको काठमाडौँमा उपचार भईरहेको छ’ इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टरले भने, ‘बाइकहरु स्क्रयाच भएका छन्, निकालिएको छैन।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved