चुनावमा खटिने १ लाख १० हजार कर्मचारीको बीमा गर्न निर्वाचन आयोगद्वारा प्रस्ताव आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2022 | 08:45:39 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीको बीमा गर्नको लागि बीमा कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ । आयोगले निर्वाचनमा खटिने १ लाख १० हजार ७ सय १३ जना कर्मचारीको बीमा गर्नको लागि प्रस्ताव आह्वान गरेको हो । आयोगले २० लाख बिमांकको सामुहिक दुर्घटना बीमा गर्न लागेको हो । 

आयोगले आयोगका पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारीहरू, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरू (काज, स्थायी, करार समेत) गरि ९०० जनाको १०४ दिनको बीमा, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीहरू ६ हजार ७ सय ७७ जनाको ७० दिनको बीमा , मतदान केन्द्रमा खटिने कर्मचारीहरू ९४ हजार जनाको १५ दिनको बीमा र मतगणना कार्यमा खटिने कर्मचारीहरू ९ हजार ३६ जनाको १० दिनको लागि बीमा गर्न प्रस्ताव माग गरेको हो। आयोगले फागुन १६ गते दिउँसो २ बजेसम्म आयोगमा प्रस्ताव पेश गर्न आग्रह गरेको छ । 

प्रस्ताव पेश गर्नको लागि आयोगले निम्न शर्त तोकेको छ  । 

 १. प्रचलित कानून बमोजिम नेपाल सरकारबाट बीमा कारोबार गर्ने इजाजत प्राप्त गरी कम्तीमा ३ वर्षसम्म बीमा सम्बन्धी कामको अनुभव भएको ।

२. बीमा सम्बन्धी वा यस्तै प्रकृतिका कार्य गर्दा कालो सूचीमा नपरेको र पचास प्रतिशत भन्दा बढी स्वदेशी स्वामित्व भएको स्वघोषणा गरेको हुनुपर्नेछ ।

३. निर्वाचनको कार्यमा संलग्न जनशक्तिहरूको संख्या र तोकिएको अवधि अनुसार बीमा गर्दा लाग्ने शुल्क स्पष्ट रूपमा उल्लेख गरी प्रस्ताव गर्नुपर्नेछ ।

४. बीमा गर्ने अवधि र संख्या आयोगको निर्णयबाट थपघट हुन सक्नेछ ।

५. यसरी प्रस्ताव पेस गर्न बीमा कम्पनीहरूको प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार आयोगमा सुरक्षित रहनेछ।

६. प्रस्ताव दाताले मिति २०७८/११।१६ गते अपरान्ह १२:०० बजेसम्म यस आयोगमा प्रस्ताव पेस गर्नुपर्नछ ।

७. सूचनामा उल्लेखित विषयहरू यसै अनुसार र यसमा उल्लेख नभएका विषयहरू प्रचलित कानून बमोजिम हुनेछ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved