संसद भवन अगाडी बम जस्तो देखिने शंकास्पद वस्तु फेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2022 | 11:31:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ बानेश्वरस्थित संसद भवनअगाडिको सडकमा शंकास्पद वस्तु फेला परेको छ । संसद भवन अगाडी कै मुख्य सडकको बीचमा  ‘नो एमसीसी’ लेखिएको  प्रेसर कुकर भेटिएको हो । 

यो बम नै हो या होईन भन्ने यकिन भईसकेको छैन ।  सडकमा शंकास्पद वस्तु फेला परे पछि नयाँ बानेश्वरको मुख्य सडक बन्द गरिएको छ भने सहायक लेनबाट मात्र सवारी संचालन भईरहेको छ। शंकास्पद वस्तुलाई डिस्पोज गर्ने तयारी सेनाले गरिरहेको छ ।

एमसीसी पास गरिएको विरोधमा  आज विभिन्न दलहरुले नेपाल बन्दको आव्हान गरेका छन् ।  संसदले हिजो आइतबार बहुमतले एमसीसी पारित गरेको थियो  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved