फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य, खाना पकाउने ग्यासको पनि मुल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2022 | 11:24:58 PM मा प्रकाशित

laxmi  sunrise bank

फेरि पेट्रोलियम पदार्थको मुल्य बढेको छ। नेपाल आयल निगमले आज एक बिज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको मुल्य बढेको जानकारी गराएको हो। 

निगमले जारि गरेको बिज्ञप्तीअनुसार पेट्रोलको मुल्य बढेर प्रतिलिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ। बढेको मुल्य आजराति अर्थात चैत २१ गते मंगलबार देखि लागू हुने निगमले जनाएको छ। 

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य पनि प्रति सिलिन्डर १६०० रुपैयाँ कायम राखिएको छ । एलपी ग्यासको मुल्य बढाउँदा पनि निगमलाइ आफुलाई अझैं पनि प्रति सिलिन्डर ९३२ रुपैयाँ ३८ पैसा घाटा रहेको जनाएको छ ।

साथै हवाई इन्धन आन्तरिकको मूल्य पनि ५ रुपैयाँले वृद्धि गरि प्रति लिटर १५६ रुपैयाँ कायम गरिएको  छ ।

निगमले पेट्रोल र डिजेलमा प्रति लिटर ५ रुपैयाँ बढाएको छ भने खाना पकाउने ग्यास प्रति सिलिन्डर २५ रुपैयाँले बढाएको छ  । 

रुस र युक्रेनबीच जारी युद्द समेतका कारणबाट पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजार मुल्य नै उच्च नै रही रहेको र निगमको मासिक घाटा पनि दशौँ अर्ब रुपैयाँ भन्दा बढी रहेकाले मुल्य बढाउँन बाध्य भएको निगमले जनाएको छ ।

यसरि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्दा पनि पेट्रोल डिजेलमा प्रति लिटर २२ रुपैयाँ ९८ पैसा र २८ रुपैयाँ निगमलाई घाटा रहेको निगमले जनाएको छ। त्यस्तै मट्टीतेल प्रति लिटर १४३ रुपैयाँमा बिक्रि गर्दा पनि निगमलाई प्रति लिटर ६ रुपैयाँ ६९ पैसा घाटा रहेको निगमले जनाएको छ। 

मुल्य वृद्धि पश्चात पनि निगमको १५ दिनको अनुमानित घाटा ४ अर्ब ६३ करोड रहेको निगमको दाबी छ । मुल्य समायोजन पश्चात पनि निगमलाई महिनाको अनुमानित घाटा ९ अर्ब २७ करोड रहेको निगमले जनाएको छ ।

त्यस्तै नेपाल सरकार मातहतमा रहेको मुल्य स्थिरीकारण कोषको संचालक समितिको आजै बसेको बैठकबाट पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाई राख्न निगमलाई ४ अर्ब २० करोड दिने निर्णय भएको निगमले जनाएको छ ।

मुल्य वृद्धि पश्चात पनि भारतको रक्सौलको तुलनामा नेपालको बिरगंजमा पेट्रोल र डिजेल प्रति लिटर २७ रुपैयाँ ७६ पैसा तथा  २० रुपैयाँ ३२ पैसा सस्तो भएको निगमले जनाएको छ  । त्यस्तै भारतको तुलनामा नेपालमा आन्तरिक हवाई इन्धन प्रति लिटर ३१ रुपैयाँ ९४ पैसा तथा एलपी ग्यास ५ रुपैयाँ ६५ पैसा सस्तो भएको निगमले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved