आचारसंहिता विपरित कुलमान घिसिङ माओवादीलाई भोट माग्दै !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 08:56:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेर निर्वाचनको प्रचार थालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले नै बुधबार बिहान ८ बजेर २६ मिनेटमा आफ्नो फेरिफाईड फेसबुक पेजमा कुलमान सहितको फोटो राखेर माओवादी केन्द्रलाई भोट दिन अपिल गरेका छन्

फोटोमा अध्यक्ष प्रचण्ड, मन्त्री जनार्दन शर्मा, र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो छ । अध्यारोबाट उज्यालोको यात्रा भन्दै फोटोमा माओवादी केन्द्रलाई भोट गर्न आग्रह गरिएको छ ।  

May be an image of 3 people and text

तर यो निर्वाचन आचारसंहिता विपरित छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहितामा संवैधानिक निकाय तथा सोका पदाधिकारी, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख छ। विद्युत प्राधिकरण पनि सरकारी निकाय हो र कुलमान पनि त्यस निकायको कर्मचारी हुन् । तसर्थ कुनै पार्टीको लागि भोट माग्न कुलमान संलग्न हुन पाउदैनन् । सोहि कारण कुलमान सहितको फोटो राखेर प्रचार गर्नु आचारसंहिता विपरित हुन जान्छ । 

केहि दिन अघि मात्र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघन गरेको भन्दै माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीलाई स्पष्टीकरण सोधेको थियो 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved