एमालेलाई अनैतिक लाग्दैमा राजीनामा दिन्न : अर्थमन्त्री शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 04:13:12 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आगामी आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । सोमवार राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

उनले करका दर परिर्वतन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवारसमेत रहेको बताए  । मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्,नागरिक र सबै सांसदहरु सुझावको आधारमा ल्याएको दाबी गरे ।

उनले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचाङ्क वृद्धि गर्ने अंक नै बजेटमा समावेश गरिएको बताए ।
मन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा  औधोकिकरण,उत्पादन र आयात प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्ने दाबी गरे ।

उनले भने ,‘कार्यान्वयन गर्दै जाँदा लक्ष्य तोकेको छ । यति प्रतिस्थापन गर्ने,यति गरिबी हटाउने,मानव सूचाङ्क यति वृद्धि गर्ने भनेर तोकिएका आँकडाहरु छन् । तोकिएका आँकडामा बजेट कार्यान्वयन हुने बाट भोलि देशको औद्योगिकरणमा आउने परिवर्तन, उत्पादन र प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्नेछ । जवाफ दिनेछ । सही थियो की गलत थियो त्यतिबेला पुष्टि हुनेछ । यति बेला मैले भन्न सक्ने कुराहरु होइन । यो बजेट अर्थमन्त्रीले व्यक्तिगत रुपमा होइन,यो देशमा प्रतिष्ठित व्यवसायीहरु, अर्थविद्हरु,नागरिकहरु र सबै मान्य सदस्यज्युहरुको सुझावका आधारमा प्रश्तुत गरिएको हो । यो बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक
लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गर्नुपर्छ भन्ने होइन । यो इतिहासले पुष्टि गर्ने छ । त्यसप्रति म जवाफदेही छु । मैले गरेका
निर्णयहरुमा पूर्वरुपमा जवाफदेही छु । मैले त्यो जिम्मा लिएको छु । लिन तयार पनि छु । अहिलेको सरकार तयार छ ।’

अर्थमन्त्री शर्माले करका दर रेट घटाउने र बढाउने विषय अर्थमन्त्रीको क्षेत्र अधिकारको भएको बताए । उनले अर्थमन्त्रीले बजेट
नल्याएर,करका दर रेटलाई घटबढ नगरेर अरु के गर्नु पर्ने थियो ? भन्दै प्रश्न गरे । मन्त्री शर्माले आगामी आर्थिक वर्षको सरकारको नीति तथा
कार्यक्रम र बजेटमा आर्थिक समृद्धि, आत्मनिर्भता,गरिब कम गर्ने र व्यवसायीक क्षेत्रलाई प्रोत्साहन गर्नेगरी ल्याउने अर्थमन्त्री अनैतिक नहुने बताए 

उनले करका दर रेट घटाउनु र बढाउनु अर्थ मन्त्रालयको मुख्य काम भएको बताए । मन्त्री शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थालाई हेरेर करका दर घटाउन बढाउन आवश्यक रहेको बताए  । अर्थमन्त्रीले करको दर रेट आवश्यकता अनुसार बढाउन र घटाउन दुवै पाइने दाबी गरे ।

उनले भने ,‘ बजेटका कार्यक्रम कार्यान्वयनको सन्दर्भमा सरकारका संरचनालाई सुदृढ गर्ने कानूनहरुलाई राम्रा बनाउने र सँगै आम जनतालाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने बजेटले उल्लेख गरेको छ ।  करको दर रेटको सन्दर्भमा अर्थमन्त्रीले करको दर रेट घटायो बढायो भन्ने प्रश्न उठ्छ । करका दर रेट घटाउनु बढाउनु अर्थमन्त्रालयको मुख्य कुरा हो । उसले करका दर रेट घटाउँछ बढाउँछ । त्यो जरुरी र आवश्यक कुरा हो । तर त्यो बढाउँदा जनतालाई के भयो । देशलाई के भयो भन्ने कुरा हो । जनताले दैनिक उपभोग गर्ने उपभोग्य सामग्रीमा बढायो की ? देश र उद्योगलाई असर पर्ने गरी बढायो की भन्ने छलफलको विषय  हो । बढाउन पाइँदैन बढाउन र घटाउन दुबै पाइन्छ । मन्त्रालयको बढाउने घटाउने काम र भित्रको अधिकार हो ।त्यसले देशलाई हित ग¥यो की गरेन भन्ने प्रश्न हो । अहिलेको नीति तथा कार्यक्रम र बजेट जुन रुपले आएको छ त्यसले नयाँ समृद्धि , आत्मनिर्भता,गरिब तल्लो वर्गलाई समेट्ने गरी र व्यवसायीक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ल्याएको बजेट कसरी अनैतिक भयो अर्थमन्त्री ? यो प्रश्न आइरहेको छ । के अर्थमन्त्रीले 
बजेट नल्याएर,करका दर रेटलाई घटबढ नगरेर अरु के गर्नुपर्ने थियो त ? यो अधिकार क्षेत्र भित्रको कुरा हो । नेपाल सरकारको कार्यविधि र नियमावलीले दिएको कुरा हो । यसलाई कथा बुनेर अर्कोतिर लग्ने भन्दा पनि बजेट कार्यान्वयन जोड दिनु राम्रो हुन्छ ।’

अर्थमन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा सरकारका संरचनालाई सुदृढ गर्ने कानूनहरुलाई राम्रो बनाउने र सँगै आम जनतालाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने विषय बजेटमा उल्लेख गरेको बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved