सत्य मोहन जोशीलाई डेङ्गुले गलायो, स्वास्थ्यमा सुधार नभएपछि आईसीयुमा सार्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2022 | 06:34:50 PM मा प्रकाशित

laxmi  sunrise bank

वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्यमा उलेख्य प्रगती नभएको अस्पतालले जनाएको छ । जोशीलिई असोज ७ गते किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार  अस्पताल भर्नाका क्रममा रगत परीक्षण गर्दा जोशीलाई डेङ्गु संक्रमण भएको पाइएको छ। विभिन्न रोगबाट ग्रसित जोशीलाई हाल डेङ्गी संकमणले निकै गलाएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार आज समेत १७ दिनको अस्पताल बसाईवाट शुरुका दिनहरुमा उनको स्वास्थ्यमा केहि सुधार देखिएता पनि पछिल्लो ३/४ दिन देखि उनलाई खानामा बिल्कुलै अरुची तथा प्रष्ट (खुलेर) संवाद गर्न नसक्ने भएको पाईएको छ ।

अस्पतालका अनुसार उनको हालको स्वास्थ्य विवरण यस प्रकार छ।

BP - 110/70mmhg Pulse - 110 beats per minute
Respiratory - 28 breaths per minute
Oxygen level - 90 % (support at 5 litre per minute)

अस्पतालले भनेको छ ' समग्र स्वास्थ्यमा उल्लेखनिय प्रगति भएको पाईएको छैन र युरिन ईन्फेक्सन तथा छातीमा निमोनियाका कारण पल्मोनोलोजीष्ट तथा ईन्टरनल मेडिसिन विभागका विभागीय प्रमुख प्रा. डा. मिलेश जंग सिजापतिको सल्लाह बमोजीम सघन उपचार कक्षमा सारिन लागिएकोछ ।'

विगतमा समेत जोशीको स्वास्थ्यमा समस्या देखापरेपछी तत्कालै अस्पताल भर्ना गरी उपचार सेवा दिईदै आएको आस्पतालले जनाएको छ । अस्पतालका अनुसार डिस्चार्ज भई निवासमा रहँदा समेत उनको हेरचाहका लागि अस्पतालबाट निरन्तर रुपमा नर्सिङ्ग सेवा उपलब्ध गराईदै आएकोछ । जोशी र उनको धर्मपत्नीलाई अस्पतालले लामो समयदेखि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved