एमालेसँग चुनावी तालमेल गरेको जसपाका ४ मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा देउवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2022 | 10:57:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्ता गठबन्धन छोडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हटाउने तयारी गरेका छन् ।

देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई हटाउने तयारी गरेका हुन् ।

प्रधानमन्त्री कार्यालय बालुवाटार स्रोतका अनुसार भोलि या पर्सीसम्म चार वटै मन्त्रीलाई पदमुक्त गर्ने गरी देउवाले परामर्श गरिरहेका छन् ।

'सत्ता गठबन्धन छोडेर प्रतिपक्षीसँग तालमेल गर्न गएपछि नैतिकताका आधारमा पनि उहाँहरू आफैंले राजीनामा दिनुपर्ने हो,' बालुवाटर स्रोतले भन्यो, 'त्यसो नभएपछि प्रधानमन्त्री आफैंले पदमुक्त गर्नुहुने भएको छ ।'

स्रोतका अनुसार देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग यसबारे छलफल गरिसकेका छन् । चुनावी आचारसंहिता लागू भएपछि नयाँ मन्त्री नियुक्त गर्न पाइँदैन । मन्त्रीहरू हटाउन भने सकिने सल्लाह आयोगले दिएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभामा सिटको कुरा नमिलेपछि जसपा गठबन्धनबाट अलग्गिएको थियो । प्रतिनिधि सभामा १७ र प्रदेश सभामा ४२ सिट पाउने गरी एमालेसँग तालमेल गरेको जसपाका मन्त्रीहरू पदमुक्त हुने भएका हुन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved