देउवासँग बदला: प्रदेश सरकारमा रहेका गठबन्धनका मन्त्री हटाउने उपेन्द्र यादवको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2022 | 07:44:13 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय सरकारबाट आफ्ना मन्त्री हटाईएपछि  जनता समाजवादी पार्टीले त्यसको बदला लिने भएको छ । जसपाले आफ्नो नेतृत्वको सरकार रहेको मधेश प्रदेश सरकारमा रहेका गठबन्धनका पार्टीका मन्त्रीहरुलाई हटाउने तयारी गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले  आज बिहिबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए। सत्ता गठबन्धन छोडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवाले  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठभौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईवन तथा वातावरणमन्त्री प्रदीप यादवकृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई बर्खास्त गरेका हुन्।

यसको बदला स्वरुप जसपाले मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) पार्टीका सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको हो ।  हाल मधेश प्रदेशमा जसपा नेता लाल बाबु राउत मुख्यमन्त्री छन् । केन्द्र सरकारले आफ्ना मन्त्रीलाई हटाएपछि उनले पनि आफ्नो मन्त्रिपरिषदबाट गठबन्धनका मन्त्रीहरु हटाउन लागेका हुन् 

स्रोतका अनुसार मुख्यमन्त्री राउतले यस विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवसँग छलफल थालिसकेका छन् । छिट्टै गठबन्धनका मन्त्रीलाई हटाउने तयारी भईरहेको स्रोतको दाबी छ। 

 मधेस सरकारमा काँग्रेसका तीन, माओवादीका २ मन्त्री र एक राज्यमन्त्री, नेकपा एसका दुई मन्त्री र एक राज्यमन्त्री छन् । मधेश प्रदेश सरकारमा कांग्रेसबाट रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह, ओमप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह, रुवी कर्ण, नेकपा एकीकृत समाजवादीका शत्रूधन महतो र प्रमोदकुमार यादव मन्त्री/राज्यमन्त्री छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved