बैतडीमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जीप दुर्घटना, ४ प्रहरीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 08:23:04 AM मा प्रकाशित

laxmi  sunrise bank

बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जीपप्रहरी सवार जिप दुर्घटना हुँदा ४ जना प्रहरीको मृत्यु भएको छ ।

पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको हो । 

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार मृतकको संख्या बढ्ने सक्ने आश‌ंका छ ।

जीपमा १४ जना सवार थिए ।  

जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved