२८ अंकले घट्यो नेप्से

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 03:09:07 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.६८ अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से आज १ हजार ९ सय ७२ ०९ बिन्दुमा बन्द भएको हो । 

आज २४८ कम्पनीको सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड ९४ लाख २७ हजार १ सय २६.१६ रुपैयाँको कारोबार भएको छ । कुल २२० कम्पनीको सेयर मूल्यमा कमी आउँदा १७ कम्पनीको सेयर मुल्य बढेको छ भने ११ कम्पनीको सेयर भाउ स्थिर रहेको छ ।

आज बोटल्र्स नेपालको सेयर मुल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ । आज जोशी हाईड्रोपावर डेभलपमेन्टको सेयर भाउ भने १० अंकले घटेको छ । 

त्यस्तै सर्वाधिक कारोबार हुनेमा शोनापुर मिनरल्स रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved