कर्जा सुरक्षा बारे चन्द्रागिरि नगरपालिका र कोषबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 08:10:54 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरि नगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता भएको छ।बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको सुरक्षण गर्ने सम्बन्धमा पालिका र कोषबीच बिहीबार समझौता भएको हो। 

सम्झौता अनुसार पालिकाको उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाहरुको समन्वयमा दिइने विशेष व्याज अनुदान कार्यविधि, द्दण्ठढ बमोजिम बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको सुरक्षण कोषले गर्नेछ। समझदारीपत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले हस्ताक्षर गरेका थिए। 

कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी लगायत नगरपालिका र कोषका अन्य पदाधिकारीहरु सहित पत्रकारहरुको उपस्थिति रहेको थियो । 

चन्द्रागिरि नगरपालिकासँगको समझदारी कोषले व्यवसाय विस्तारको लागि स्थानीय सरकारसँग सम्झौता गर्न सक्नेछ भन्ने नियमावलीको व्यवस्था बमोजिमको पहिलो हो । यस समझदारीले नगरपालिकाले तय गरेको कार्यक्रमको कार्यान्वयनले मुर्त रुप लिने कोषको अपेक्षा रहेको उल्लेख छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved