महानगर प्रहरीले भन्यो 'सुन्धारा घटनामा बल प्रयोग गरेको होइन, प्रतिरक्षा गरिएको हो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2024 | 09:37:55 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले सुन्धारामा फुटपाथ व्यवसायीमाथि बल प्रयोग गरेको नभई महानगरले आफ्नो प्रतिरक्षा गरेको दाबी गरेको छ  महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरी माथि आक्रमण भएकोले प्रतिरक्षा गरिएको बताएका हुन् 

उनले नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको बताएका छन् ।  घाइतेमध्ये लामिछानेसहित ३ जनालाई टाउकोमा चोट लागेर गम्भीर भएको उनको भनाइ छ । 

त्यस क्षेत्रमा सडक व्यापार नगर्न गएको १ महिना अघिदेखि माइकिङ् गरेर सचेत गराइरहेका रहेको उनले बताए । गएको १५ दिनअघि देखि व्यापारीहरुले नगर प्रहरीलाई गाली गर्न थालेको उनको दबाई छ।

प्रहरी बलका प्रमुख पाण्डे भन्छन्, ‘बुधबार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमाण्डर लामिछानेको कमाण्डमा प्रहरीहरु सुन्धारा जानुभएको थियो । उहाँ पुग्ने वित्तिकै आक्रमण भयो ।  भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुङ्गा प्रहार भयो । यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको हो । कसैमाथि दमन गर्ने वा घरपकड गर्ने काम हामीबाट भएको छैन । त्यो हाम्रो काम पनि होइन ।’

उनले अगाडी थप्दै भने 'सडक व्यापारलाई महानगरपालिकाले पूर्ण निषेध गरेको छ । कुनै समय दिएर व्यापार गर्न पाउने भनेको छैन । यस्तो नीति पनि छैन । सडक व्यापार पूर्ण निषेध गर्ने महानगरपालिकाको नीति कार्यान्वयन गर्ने दायित्व महानगर प्रहरी बलको हो । हामीले कर्तव्य निर्वाह गर्दा गर्दै घटना भएको हो ।'

 बुधबार राति पौने ८ बजे काठमाडौं महानगरपालिकाको सुन्धारामा बसेका फुटपाथ व्यवसायीमाथि लाठीचार्ज गरेको थियो। नगर प्रहरीको आक्रमणमा परी ७ जना फुटपाथ व्यवसायी घाइते भएका छन् । महिला फुटपाठ व्यवसायीले भने नगर प्रहरीले रक्सी खाएर आएर हातपात र कुटपिट गरेको दाबी गरेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved