आजबाट राष्ट्रिय सभाका २० सांसद बाहिरिँदै, नयाँ निर्वाचितको शपथ भोली मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 09:49:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आजबाट राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदैछ । एक मनोनीतसहित राष्ट्रिय सभाका २० सांसदको पदावधि आजबाट सकिन लागेको हो । 

आजबाट बाहिरिने २० सांसदको ठाउँमा १९ जना निर्वाचित भइसकेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने १ जनाको पूर्ति हुन बाँकी छ । 

आजबाट पदावधि सकिनेमा नेकपा एमालेका ८ जना, नेपाली कांग्रेसका ४ जना, माओवादी केन्द्रका ३ जना, एकीकृत समाजवादीका २ जना र जसपाका १ जना छन् । मनोनीत एक जना र स्वतन्त्र एक जनाको पनि आन पदावधि सकिँदैछ । 

एमालेबाट निर्वाचित भएर आजबाट बिदाइ हुन थालेका राष्ट्रिय सभा सदस्यहरुमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई छन् । 

कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थ छन् । 

माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा पनि आजबाट बिदाइ हुँदैछन्।

जसपाकी प्रमिला देवी, राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटाको आजबाटै पदावधि सकिँदैछ ।

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले सोमबरा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम छ । यसका लागि भोली बिहान ११ः३० बजेको कार्यक्रम तय गरिएको राष्ट्रिय सभाका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

उनीहरूलाई उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गराउने छिन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved