लगानी सम्मेलनको लागि मस्क, जुकरबर्ग, बिल गेट्सदेखि अडानीसम्मलाई निम्तो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 03:37:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख १६ र १७ गतेका लागि तय भएको तेस्रो लगानी सम्मेलनका लागि विश्व विख्यात धनाढ्यहरुलाई निम्तो पठाइएको छ । लगानी सम्मेलन तयारी सचिवालयका अनुसार  १२४ जना विदेशी लगानीकर्तालाई लगानी सम्मेलनका अवसरमा नेपाल आउन निमन्त्रण पठाइएको छ ।

विदेशस्थित नेपाली कुटनीतिक नियोगमार्फत निमन्त्रणा पठाइएका विश्वका धनाढ्य लगानीकर्तामा एलन मस्कदेखि भारतीय खर्बपति गौतम अडानीसम्म छन् । लगानी बोर्डका अनुसार टेस्लाका सीईओ एलन मस्क, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, रिलायन्स इन्ड्रष्टिजका मालिक मुकेस अम्बानी, अडानी ग्रुपका गौतम अडानी, अलिबाबाका संस्थापक ज्याक मा, एप्पलका सीईओ टिम कुक, फेसबुकका सीईओ मार्क जुकर्बक, टाटा ग्रुपका अध्यक्ष रतन टाटा, सामसोङका सीईओ हान जोङ हिलाई नेपाल आउन निम्तो पठाइएको छ । केही अन्य विश्व विख्यात धनाढ्यहरुलाई अझै निमन्त्रणा पठाउन बाँकी छ ।

अहिलेसम्म निम्तो पठाइएका केही व्यक्तिले नेपाल आउन चासो दिइसकेको समेत बोर्ड स्रोतले बताएको छ ।

लगानी बोर्ड अहिले लगानी सम्मेलनमा ‘शो–केस’ गरिने परियोजना छनोटको गृहकार्यमा छ । हालसम्म १२० भन्दा बढी परियोजना छनोट भइसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved