कांग्रेसले उद्योगधन्दा र निजी क्षेत्र दूबैलाई सिध्याइदियोः पूर्वप्रधानमन्त्री ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 05:27:51 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले उद्योगधन्दा र निजी क्षेत्रलाई समाप्त पारेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले कांग्रेसले निजीकरणका नाममा पहिला सरकारी उद्योग निजी क्षेत्रलाई दिएर उद्योग सकेको र अहिले त्यहीँ निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जमानामा उसैलाई सिध्याउन लागेको बताएका हुन् । 

उनले नेपालका उद्योगहरुलाई कमिशखोरी र भ्रष्टहरुको हातमा जिम्मा लगाएर कांग्रेसले उद्योग चलाउन नभई कमिशनका लागि निजीकरण गरिदिएको आरोप समेत लगाए । उनले बाँसबारी छाला जुत्ता कारखाना र हेटौँडा कागज कारखाना चलाउनका लागि नभई कांग्रेसले कमिशन लिएर सम्पत्ति नै जिम्मा लगाएको टिप्पणीसमेत गरे । 

‘हामीले औद्योगिकीकरण गर्नुपर्नेछ, दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो, हामीकहाँ दुई चार वटा उद्योग आएको पनि निजीकरण भनेर कांग्रेसले उहिल्यै सिध्यायो’ अध्यक्ष ओलीले भने, ‘निजी क्षेत्रलाई पनि सिध्याइदियो ।’

उनले चलिरहेका उद्योगहरुलाई कांग्रेसले निजी क्षेत्रले समेत चलाउन नसक्ने बनाएको आरोप गाए । 

‘उनीहरुले पनि चलाउनका लागि किनेनन्, बाँसबारी छाला जुत्ता चलाउनका लागि किनेनन्, हेटौँडा कागज कारखाना चलाउनका लागि किनेनन्’ ओलीले थपे, ‘त्यसको अर्कै प्रयोजनका लागि, जमिनको प्रयोजन आदि इत्यादिका लागि किने र त्यहाँ कमिशनको फोहोरी काम भयो ।’

अध्यक्ष ओलीले निजी क्षेत्रलाई नेकपा एमालेले विकास र आर्थिक उन्नतिको इन्जिन बनाउन चाहेको पनि बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved