नयाँ गठबन्धनमा जानलाई जनमतको बटमलाइन 'मुख्यमन्त्रीको ग्यारेन्टी'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 01:56:49 PM मा प्रकाशित

laxmi  sunrise bank

डा.सीके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेशको मुख्यमन्त्रीको टुंगो नलगाई नयाँ गठबन्धनमा सामेल नहुने भएको छ। मधेश प्रदेशको मुख्यमन्त्री पक्का भए मात्र आफुहरु अहिलेको नयाँ गठबन्धनमा सामेल हुने जनमतले जनाएको छ। 

भर्खरै टुटेको गठबन्धन सरकार बन्ने बेलामा पनि मधेश प्रदेशको मुख्यमन्त्री पहिला जसपाबाट हुने र त्यसपछि जनमतको हुने सहमति भएकाले अब आफुहरुले पाउनुपर्ने अडानको साथ नयाँ गठबन्धनसंग कुरा हुने जनमतका एक नेताले बिजपाटीलाई बताए। 

उनकाअनुसार यस अगाडीको सहमति पनि माओवादी नेतृत्त्वको सरकारसंग भएकाले र  अब पनि माओवादी नेतृत्वको नै सरकार भएकाले मधेश प्रदेशको मुख्यमन्त्री जनमतले पाउनुपर्ने हुन्छ। 

'सरकारमा सामेल हुने नहुने भन्ने कुरा दुई नम्बर प्रदेशको मुख्यमन्त्रीसंग जोडिएको छ, मुख्यमन्त्री पाउने पक्का भए मात्र जनमत नयाँ सरकारमा सामेल हुनेछ' ती नेताले भने।  

हिजो मात्रै टुटेको पाँच दलीय गठबन्धन बन्दा दुई नम्बर प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको थियो। त्यो बेला पनि पहिला जसपाले मुख्यमन्त्री लिने र पछि जनमतले लिने सहमति भएको थियो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved