आजै अर्थमन्त्री नियुक्त गर्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2024 | 09:42:01 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । अन्य मन्त्रालयमा केही दिनपछि मात्रै मन्त्री नियुक्त गर्दा हुने भए पनि अर्थ मन्त्रालयमा तत्काल मन्त्री नियुक्त गर्नुपर्ने भएकाले आज प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तार गर्ने सम्भावना रहेको बुझिएको छ ।

आगामी बजेटको प्रारम्भिक तयारी स्वरुप संसदमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि छलफल गर्नुपर्ने भएकाले यसका लागि अर्थमन्त्री अनिवार्य चाहिने हुँदा आजै अर्थमन्त्री नियुक्तिको सम्भावना रहेको नेताहरुले बताएका छन् । 

‘संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश भइसकेको छ, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु गर्नुपर्ने छ, यसका लागि अर्थमन्त्री आवश्यक पर्ने भएकाले आजै मन्त्रिपरिषद् विस्तारको तयारी छ’ स्रोतले भन्यो ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भोली बिहिबारको प्रतिनिधिसभा बैठकबाट छलफल हुँदैछ ।

अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको नाम चर्चामा छ । स्रोतका अनुसार वर्षमान पुन नै अर्थमन्त्री बन्ने सम्भावना बढी छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved