राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ मन्त्री बन्ने पक्का, कसलाई कुन मन्त्रालय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2024 | 01:52:28 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा कम्तिमा ३ मन्त्रालय पाउने पक्का भएको छ। गठबन्धन दलहरुबीच आज भएको छलफलले रास्वपाले ३ मन्त्रालयले पाउने सहमति भएको हो ।

जस अनुसार पार्टीले गृह, श्रम र शिक्षा मन्त्रालय पाउने छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने छ। सभापति लामिछाने उपप्रधान सहित गृह मन्त्री बन्ने छन् । उनी यस अघि पनि सरकारमा रहंदा उपप्रधान तथा गृहमन्त्री कै भूमिकामा थिए।

स्रोतका अनुसार मन्त्रीको सपथ लिइसकेका डिपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् । उनी यस अघि पनि श्रम मन्त्री थिए । त्यस्तै पार्टीले सुमना श्रेष्ठलाई शिक्षा मन्त्रीको रुपमा सरकारमा पठाउने भएको छ । 

त्यस्तै पार्टीले थप एक मन्त्रालय वा एक राज्य मन्त्री पनि पाउने सम्भावना रहेको बताईएको छ ।  थप एक मन्त्रालय पाए त्यो युवा तथा खेलकुद हुने र त्यसमा विराजभक्त श्रेष्ठको सम्भावना रहेको बताईन्छ । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved