विष्णु पौडेल मन्त्री नहुने पक्का, महासेठको नेतृत्वमा सरकारमा जाँदै एमाले

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2024 | 02:04:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा (एमाले) पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने भएको छ । महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्ने छन्।

यस संगै पार्टी उपाध्यक्ष विष्णु पौडेल मन्त्री नहुने पक्का भएको छ । अर्थ मन्त्रालय पाएको खण्डमा विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने एमालेको तयारी थियो । तर अर्थ मन्त्रालय नपाएपछि एमालेले महासेठको नेतृत्वमा आफ्ना मन्त्री सरकारमा पठाउने भएको हो 

अर्थ मन्त्रालय भने माओवादी केन्द्रले पाउने भएको छ । वर्षमान पुन: अर्थ मन्त्री बन्ने भएका छन् 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले गृह, श्रम र शिक्षा मन्त्रालय पाउने भएको छ । जसमा क्रमश रवि लामिछाने, डिपी अर्याल र सुमन श्रेष्ठ मन्त्री हुने भएका छन् 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved