नव नियुक्त मन्त्रीहरुले लिए सपथ, यस्तो बन्यो २० सदस्यीय मन्त्रिपरिषद्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2024 | 08:34:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । आज राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उनीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  आज बुधबार मन्त्रिपरिषद विस्तार गरेसंगै मन्त्रिपरिषद प्रधानमन्त्री सहित २० सदस्यीय भएको छ  ।मन्त्रिपरिषदको आकार अधिकतम २५ सदस्यीय तोकिएकोले थप ५ जना मन्त्री हुन सक्ने छन् । 

वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले हस्ताक्षर गरेका छन् । तर, जसपाबाट हालसम्म मन्त्री टुंगिएका छैनन् ।

को को भए मन्त्री ? 

नेकपा एमालेबाट

१) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

२) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

३) हरि उप्रेती, रक्षा

४) भगवति चौधरी, महिला बालबालिका

५) राजेन्द्र राई, खानेपानी

६) दामोदर भण्डारी, उद्यो

७) ज्वालाकुमारी साह, कृषि

८) बलराम अधिकारी, भूमि व्यवस्था


माओवादीबाट 

१) नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

२) वर्षमान पुन, अर्थ

३) शक्ति बस्नेत, उर्जा

४) रेखा शर्मा, सञ्चार

५) हितबहादुर तामाङ, पर्यटन


रास्वपाबाट 

१) रवि लामिछाने, उपप्रधान तथा गृह

२) डीपी अर्याल, श्रम

३) विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

४) सुमना श्रेष्ठ, शिक्षा


एकीकृत समाजवादीबाट

१) भानुभक्त जाेशी, संघीय मामिला तथा सामान्य प्रशासन

२) धनबहादुर बुढा, सहरी विकास



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved