सत्ता समीकरण फेरिएपछिको पहिलो संसद बैठक आज बस्दै, यस्तो छ कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 09:09:58 AM मा प्रकाशित

laxmi  sunrise bank

आज फागुन २४ गते प्रतिनिधिसभा बैठक बस्दै छ। बैठक बिहान ११ बजेको लागि बोलाईएको छ।

सत्ता समीकरण फेरबदल भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । हिजो माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा एकिकृत समाजवादीका मन्त्रीहरुले सपथ लिएका थिए । यस संगै नेपाली कांग्रेस सत्तापक्षबाट प्रतिपक्षीमा पुगेको छ भने एमाले र रास्वपा प्रतिपक्षबाट सत्तापक्षमा आएका छन् ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। त्यस्तै महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले "महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आ.व. २०७९/०८०)" पेश गर्ने कार्यसूची रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved