प्रहरी प्रवक्ता भन्छन् 'जीबी राई प्रकाउबारे जानकारी छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 09:32:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले सहकारी ठगी प्रकरणमा जोडिएका जीबी (गितेन्द्रबाबु) राई प्रकाउ परेकोबारे अहिलेसम्म केहि पनि जानकारी नआएको बताएका छ । केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालले यसबारे अहिलेसम्म केही पनि जानकारी नभएको बताएका हुन् ।

विभिन्न संचारमाध्यमहरुले उनी पक्राउ गरेको भन्दै समाचार प्रकाशन गरेका छन् ।तर प्रहरीले भने अहिलेसम्म केही पनि जानकारी नआएको बताएको हो ।

उनी विरुद्द प्रहरीले डिफ्युजन नोटिस भने जारी गरेको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीले राइविरुद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको थियो। राई सिंगापुरमा रहेको बताईन्छ । 

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी मार्फत उनले ठगी गरेको आरोप छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved