आज काठमाडौँको यी क्षेत्रमा २ बजेसम्म बत्ती जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 11:09:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आज काठमाडौँको विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौँको बालुवाटार लगायत विभिन्न स्थानमा ४ घन्टा विद्युत् सेवा अवरूद्ध हुने भएको हो।

प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गत पर्ने लाजिम्पाट, पानीपोखरी, बालुवाटार क्षेत्रमा आज दिउँसो २ बजेसम्म बत्ती नआउने जानकारी दिएको हो।

उक्त क्षेत्रमा केबल रेजिङ, भूमीगत प्रसारण लाइन निर्माण लगायतका कार्य गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ।

उक्त काम समय अगावै सम्पन्न भएको खण्डमा निर्धारित समयभन्दा अगाडि नै विद्युत् सेवा सुरू गरिने प्राधिकरणले जानकारी दिएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved