आज प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 11:19:24 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

यसअघि विपक्षमा रहेका दलहरुले कतिपय विषयमा सरकारको जवाफ मागेका थिए ।

यही फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरुमा जवाफ दिन सरकारलाई फागुन २१ गतेको दिन नै तोकेर रुलिङ गरेका थिए । फागुन २१ गते स्थगित भएको बैठक बिहीबार बस्दैछ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिन लागेका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved