जसपा सरकारमा जाने, उपेन्द्र यादव उपप्रधानमन्त्री बन्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 12:25:55 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । 

जसपाका मुख्य सचेतक प्रदीप यादवका अनुसार अध्यक्ष यादव उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नेछन् । यस्तै, प्रदीप यादव र नवलकिशोर साह सुडीमध्ये एक जना वनमन्त्री बन्ने छन् ।

पार्टीले पाउने एक राज्यमन्त्रीमा सुशीला श्रेष्ठलाई पठाउने निर्णय भएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved