२०२४ को पहिलो २ महिनामा चीनको निर्यातमा वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 01:14:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यात तीव्र गतिमा बढेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आर्थिक पुनरुत्थानका लागि संघर्ष गरिरहेका समय निर्यातमा देखिएको वृद्धिले नीति निर्माताहरूलाई प्रोत्साहन मिलेको छ । 

विदेशी ढुवानीले लामो समयदेखि देशको आर्थिक वृद्धिको प्रमुख चालकको रूपमा काम गर्दै आएको छ । वैदेशिक निर्यातले विनिर्माण क्षेत्रको ठूलो रोजगारीलाई सुरक्षा प्रदान गर्दछ ।

जनवरी र फेब्रुअरीमा निर्यात ७.१ प्रतिशतले बढेको छ । यसले विश्लेषकहरूको ब्लुमबर्ग सर्वेक्षणमा १.९ प्रतिशतको  पूर्वानुमानलाई गलत सावित गरिदिएको चिनियाँ सामान्य भन्सार प्रशासनले बताएको छ ।

 चीनले आफ्नो कडा शून्य–कोभिड उपायहरूलाई अन्त्य गर्दै सामान्य जनजीवनमा फर्कैको गत वर्षको जनवरी–फेब्रुअरीको तुलनात्मक आधारमा यो ठूलो वृद्धि हो । 

चीनमा वैदेशिक निर्यातमा लगातार छ महिनाको सङ्कुचनपछि नोभेम्बरदेखि यसमा सामान्य वृद्धि भइरहेको छ ।

यद्यपि, मुद्रास्फीति र उच्च ब्याज दरका कारण विश्वव्यापी आर्थिक परिदृश्यको बारेमा चिन्ताले चिनियाँ सामानहरूको मागलाई कम गरिरहेको छ ।

वाणिज्यमन्त्री वाङ वेन्ताओले बेइजिङमा आयोजित एक प्रमुख राजनीतिक भेलाका क्रममा बुधबार हालैको पुनरुत्थानलाई स्वीकार गर्दै ‘सुधारको समग्र प्रवृत्ति माथि उठिरहेको’ बताए । 

तर उनले मार्चमा यसमा गिरावट आउनसक्ने चेतावनी दिए । 

हालैका वर्षहरूमा वासिङ्टनसँगको बढ्दो भूराजनीतिक तनावका कारण चीनको व्यापार प्रदर्शन प्रभावित बन्ने गरेको छ । यसले पश्चिमी फर्महरूलाई चीनमाथिको निर्भरता कम गर्न उत्प्रेरित गरेको छ ।

डिसेम्बरमा ०.२ प्रतिशतले वृद्धि भएको आयात पनि जनवरी–फेब्रुअरीमा ३।५ प्रतिशतले बढेको छ ।

 ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले यो अवधिमा आयात २.० प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए ।

यसअघि चीनले ११ महिनाका लागि आयातमा नियन्त्रण गर्दै मुद्रास्फीतिलाई थप भयावह बन्नबाट जोगाएपछि अक्टोबरदेखि निर्यात दर केही सम्हालिएको थियो ।

सन् २०२३ मा चीन र रूसबीचको व्यापार उच्च विन्दुमा पुगे पनि पहिलो दुई महिनामा रूसबाट हुने आयात कम बलियो बनेको थियो ।

सन् २०२१ को अप्रिलयताको सबैभन्दा कमजोर प्रदर्शन गर्दै चीनका लागि रूसबाट हुने निर्यातमा ६.७ प्रतिशतले वृद्धि भएको छ ।

चीनको व्यापार अधिशेष पहिलो दुई महिनामा १२५.१ अर्ब अमेरिकी डलर रहेकोमा डिसेम्बरमा ७५.३ अर्ब डलर पुगेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved