‘प्रधानमन्त्रीले मलाई र गृहमन्त्रीलाई सँगै राखेर व्यवसायीलाई त्रसित नबनाउन निर्देशन दिनुभएको छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2024 | 05:07:32 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको गिरेको मनोबल उठाइने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनले सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेकाले ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । 

आफूले मन्त्रालयको नेतृत्व सम्हालेकै दिनबाट सुरक्षित व्यवसायिक वातावरण बनाउन प्रयासरत रहेकाले नआत्तिन व्यवसायीलाई आग्रह गर्दै मन्त्री पुनले प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र गृहमन्त्री रवि लामिछानेलाई सँगै राखेर व्यवसायिक वातावरण बनाउन निर्देशन दिएको जानकारी पनि दिए । ‘प्रधानमन्त्रीज्यूले म र गृहमन्त्रीलाई सँगै राखेर उद्योगी व्यवसायीलाई राज्यका निकायहरुले तर्साउनुभएन भन्नुभएको छ’, पुनले भने, ‘हामी निजी क्षेत्रलाई अपिल गर्न चाहन्छौं कि अभिभावकीय भूमिकामा रहेको सरकारले कसैलाई आतंकित बनाउने काम गर्दैन ।’

आरोप लाग्दैमा नआत्तिन आग्रह गर्दै पुनले आरोप प्रमाणित हुने तथ्य नभएसम्म व्यवसायीलाई पक्राउ गरेर नथुन्ने वातावरण बनाइने विश्वास दिलाए ।

उनले आगामी आर्थिक वर्षको बजेट बनाउनुअघि व्यवसायीका जायज चासोबारे मन्त्रालयले छलफल गर्ने पनि उल्लेख गरे । कुनै पनि वस्तुमा कर लगाउँदा सरकारले त्यसको औचित्य पुष्टि हुने गरी मात्र काम गर्ने उनको भनाइ छ । 

फरक प्रसंगमा मन्त्री पुनले आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा सक्रिय सहभागिता जनाउन र विदेशी लगानीकर्तालाई नेपाल ल्याउने वातावरण बनाउने काममा लाग्न उद्योगी–व्यवसायीलाई अपिल पनि गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved